Search blog.co.uk

  • स्वागत छ नंया व्लगमा

    ७ भदौ, काठमाण्डौ । स्वागत छ तपाइलाइ नंया व्लगमा । कसरी सुरु गरु भनेर टोलाइ रहेको वेला एउटा जवर्जस्त न्युज आइपुगेको छ । मेरो नंया व्लगको सुरुवात र राजा ज्ञानेन्द्रको नारायणहिटीवाट वहिर्गमन एउटै संयोग परेको छ । कृपया थप जानकारीका लागि लग इन गर्नुस
    www.birgha.blogsome.com

  • संध्यामा काठमाण्डौ !

    ६ भदौ, काठमाण्डौ । संध्यामा काठमाण्डौ । आहा, काठमाण्डौ सांझमा कम्ती रमाइलो देखिदैन । आकाशमा हल्का वादलका फोकाहरु अनि गोधुलीमा निस्कने चराहरु । चंगा उडाउदै गरेका केटाकेटी । तर्कारीको जोहो गरेर फर्कदै गरेका गृहिणीहरु । यसो हावा खान चोक गल्लीमा निस्कने ठिटा ठिटीहरु । कांठमाण्डौको गोधुली मिस गर्नेहरुकालागि संझना स्वरुप ।

  • वादी महिलाको ववाल


    ५ भदौ, काठमाण्डौ । विभिन्न माग राखेर आनदोलनमा उत्रिएका वादी महिलाहरु आज नाङगिएरै छाडे । वुधवार विहान करिव १२ वजे सिंहदरवार दक्षिणी गेटमा झुल्किएका उनीहरु त लगालग लुगा खोल्न पो लागे । यतिले नपुगेर एक महिला त लुगा खोली वरी सिंहदरवारको गेट नै चढिन । यो हरी विजोग हेरी रहेका पत्रकारहरुको हुलमा १२ वजेवाट शुरु हुने संसदको वैठकमा सहभागी हुन हिडेका माननीयहरु पनि मिसिए । हत्तेरी यस्तो दुश्य फेरी देख्न नपरोस भन्ने कामना सहित तपाइका लागि मात्र यो दुर्लभ दृष्य ।

  • वाध्यता की रहर?


    ५ भदौ, काठमाण्डौ । कतै रहर त कतै वाध्यता । राजधानी काठमाण्डौमा विचित्रका दृष्यहरु वेला वेलामा देख्न पाइन्छ । यसै शिलसिलामा मेरा फोटोग्राफर मित्र विकाजीले एउटा जनजाति सम्वन्धी कार्यक्रममा एउटा आर्टिस्टीक फोटो फेला पारेछन । फोटो क्लिक गर्दै गर्दा मलाइ खवर गरेका विकासले हतार नगरी फोटो एट्याच गरेर मेल पठाए । म पनि उत्साहित भएरै मेल ओपन गरे । फोटो हेर्छु त एउटी षोडसी करिव करिव नाङगो रुपमा छिन । जनजाति जस्ती लाग्ने ती युवति आफ्नी आमाहरु परम्परागत पोसाकमा सजिदा आफ्नो आङपनि छोप्न भुलिछन ।
    खैर, नाङगिन पाउनु उनको स्वतन्त्रता , फोटो खिच्नु विकासको स्वतन्त्रता अनि षोडसीको फोटो पाउने विक्तिकै मैलाइ पठाउनु पर्ने यो कस्तो परम्परा । एक मन त विकाससंग उठ्नु सम्म रिस उठ्यो । पछि सोचे राम्रो मानेर राम्रो कुरा मलाइ देखाउन मन लागेर पठायो होला । झपार्छु भनेर डायल गरेको फोन खुत्रुक्क राखेर फोटो सपमा गएर मिलाइ वरी तपाइकालागि भनेर व्लगमा राखे । यस्तो नाङगो फोटो भनेर नरिसाउनु होला है त । विकासले मेरो शन्त चरित्रमा राँको लगाउन फोटो पठाए भन्दै थियो । तर तपाइलाइ राँको लगाउन भने होइन है यो फोटो ।

  • वन्दका दुश्यहरु


    ५ भदौ, काठमाण्डौ । आज महिलाहरुले राजधानीमा नाङगो जुलुस निकाल्ने भन्ने सुनेदेखिनै स्कुप मार्नु पर्छ भनेर क्यामेरामा सान लगाएर वसेको थिए । तर भइदियो अर्कै । हिजो न्युरोड गएर क्यामेरामा मेमोरी कार्ड र व्याट्री थपेर आए । तर दुर्भाग्य आज क्यामेराले अनपेक्षित फोटो मात्रै फोला पार्यो । वन्दका क्रममा हिडेर वुद्ध नगर आइपुग्दा वन्द कर्ताहरु कसैले झन्डा लिएर वटुवा तर्साउदै त कोही मोटर साइकलको हावा खुस्काउन व्यस्त । यस्तै फोटो लिइरहदा एक सज्जन घाममा रिक्सावालालाइ रिक्सा डोर्याउन लगाएर शानले रिक्सामा वसेका रहेछन । उनको फोटोकालागि पोज के मिलाएको थिए । ती सज्जनले त आफुलाइ राजेश हमाल नै ठानेछन क्यारे पूरा रेडी पोजिसनमा देखा परे । लौ त भनेर मैले पनि उक्त फोटो लिए र तपाइहरुकालागि भनेर यहा राखी हाले । आजको वन्दले धेरैलाइ सास्ती दियो । लाग्छ वन्द त नभएकै जाती । होइन र ?

  • मित पहाड


    ४ भदौ, काठमाण्डौ । मेरो पहाड मोह थाहा पाएर न्युजिल्यानडमा रहेका मेरा एक विदेशी मित्रले त्यहाको एक गांउको फोटो उपहार पठाइदिएका छन । यो उनको गांउको फोटो हो रे । उनले फोटो पठाए -एक प्रस्तावका साथ । उनको प्रस्तावमा हाम्रो फोटोमा भएका पहाड र उनले पठाएको पहाडलाइ मित लगाउन भनिएको छ । केही वर्ष अघि भएको भए त हाम्रो पहाडले म्लेच्छसंग मित नलगाउने भन्थ्यो होला तर जमाना अहिलेको पर्यो । विदेशको पहाडसंग मित लगाउन पाएकोमा मख्ख पर्ला हाम्रो पहाड । परोस, परोस मख्ख परोस । त्यै भनेर त पहाडलाइ यंहा राखेको छु । यी दुइलाइ मित लगइदिन कसो होला । तंपाइको राय पाउन सके हुन्थ्यो । यो फोटोमा पनि हाम्रा खेतमा जस्तै धान लहलह लहराएको छ । हरीयालीको यो भन्दा उत्कृष्ट नमुना पाउन सकिएला र?

  • पहाड प्रेम


    ४ भदौ, काठमाण्डौ । पहाडहरु मेरा प्रीय छन । यो कुरा अव लुकाइ रहनु पनि परेन । पहाडमा जन्मे हुर्केको पहाडी ठिटो भएर पनि होला यो मेरो सदैव आकर्षणको विषयपनि हो । पहाडहरुको पैदल यात्रा मेरो सर्व प्रिय विषयपनि हो । हर दुइ महिनाको अन्तरालमा फुक्त काठमाण्डौवाट वाहिर निस्कनु पाउनु मेरो खुवै रुचि हो । भालु पहाडको नाम दिइएको स्याङजाको पहाड होस या - ट्याम्के डांडा नाम पाएको भोजपुरको पहाड, चिया रोपेको फिक्कल डांडो होस या, पाप्लपाको श्रीनगरको डांडो । स्वर्गद्धारी पुग्नै लाग्दाको नाग वेली प्युठानको पहाड होस या गुल्मीको रेसुङगाको डांडो, मेरै घर आगनवाट देखिने हिले होस या लुम्पेकको डांडो । पहाड मेरालागि जिन्दगीभरी नसकिने कौतुहलताका सिरिज हुन । पहाडले मलाइ करिव करिव पागलै वनाउछन । मेलवर्न या हेलसिन्कीको मेरो यात्रामा व्यवधान वन्ने यी पहाडहरुलाइ संझदै तपाइहरुकालागि यो अर्को मनमोहक पहाडको तस्विर । पछिल्लो गुल्मी भ्रमणताका लिइएको यो पहाडको तस्विर मैले रुद्रवेणी नजिकैवाट लिएको हुं । एक्लो पैदल यात्रामा यी पहाडहरु मेरा साथी वनेका थिए ।

  • विहानको नगरकोट...


    ३ भदौ, काठमाण्डौ । वर्षामा काठमाण्डौका सडक नाप्नुको मजा वेग्लै छ । थोरै मुड अनि अली वढि उमंग तपाइसंग भयो र मन मिल्ने साथी पाइयो भने त यसको स्वादै वेग्लै । हिजो करिव दशवजेवाट सिम सिम पानीमा शुरु भएको मेरो एक्लो यात्रा करिव १२ वजे टुङगियो । खासम भाइ माधवको अनुरोधमा न्यूरोड पुगेको थिए । अलि मुड वदलियो ह्या भनेर निस्किए घुम्न । उसलाइ वालाजु पुर्याउनु थियो । यसै मेशोमा शुरु भयो यात्रा । वालाजुवाट एक्लै सिम सिम पानीमा रुझ्दै वढे अगाडी । कता जांउ कता भन्दा भन्दै काठमाण्डुको रात्री जीवन चिहाउने रहर पलायो । आफु सुद्ध साकाहारी र मदिरापानवाट टाढै वस्ने प्योर गान्धीवादी भएकाले काठमाण्डौको रात्री जीवन त्यति सार्हो थाहा पनि छैन ।
    साथीहरु पनि सांझको महफिलमा मसंग जोगिन खोज्छन । तात्न पाइदैनकी भनेर । ल सही भन्दै म स्प्लेन्डरको करिव ३० कीमीको गतीमा चावहिल, एयरपोर्ट हुदै लागे भक्तपुर तिर । भक्तपुरवाट मात्रै धित नमरेर भैगो भनेर लागे नगरकोट । साथीको होटल छ नगरकोटमा उसैकोमा जानु पर्ला भनेर फोन गरेको त । गजवै भो नी । अनुप यार कतिवेर देखि ट्राइ गरेको थिए, कंहा छौ यार प्लिज तिमी यहा जसरी भएपनि आउनु पर्छ । आज मेरो वर्थ डे यार उसले भन्दै थियो । के खोज्छस काना आंखा भने जस्ते भो ढिला पुगे ११ वजे तिर । अव के गर्नु नगरकोटको चिसोमा साथहिरु तात्दै थिए । त्यसै त नगरकोट अझ सिमसिम पानीले मौषम थप चिसिएको थियो । यसै मेसोमा साथीहरु तात्ने जमर्को गर्दै थिए ।
    थोरै तर सार्है नजिकका साथीहरुको मात्र जमघट खुवै मादक थियो । साथीहरु सुरामा म धुंवामा । घांटी नै खराव हुने गरी गयो धुंवा पनि । करिव १२ वजे साथीहरु गली सकेका थिए । म भने वल्ल आनन्दमा, रमाउदै थिए । खैर हिजोको रात हुनु सम्मको रमाइलो थियो । मलाइ त यति रमाइलो थियो भने मेरा मित्रहरुलाइ अझ कति रमाइलो भयो होला, आइ कान्ट इम्याजिन....।
    खैर विहानको नगरकोट । आहा खुलेको मौषम धन्न क्यामेरा पकेटमै थियो । अनि शुरु गरे क्लिक क्लिक...., तातो कफि लिएर विहानको हल्का चिसोमा काठमाण्डौ वाह, कम रमाइलो रहेन हिजो । संझना स्वरुप तस्विर भने तपाइहरुकालागि भनेर ल्याएको छु । हेर्नुस्त पहाडमा नागवेली हुदै हुत्तिएको नगरकोटको सडक कुनै सोडषीको पछ्यौरी जस्तो छैन त!

  • देशभरीको टेलीफोन महसुल १ रुपैया !

    २ भदौ, काठमाण्डौ । आज अरु खास खवर नभएपनि तपाइहरुका लागि खुशकिो खवर छ । खवर अनुसार तपाइकी पे्रमिका नेपालगंज र तपांइ काठमाण्डु वा तपाइका वा आमा भोजपुरको ट्याम्के डांडा र तपाइ पोखरामा हुनुहुन्छ र फोनमा कुरा गर्दा एसटीडी चार्जले सताएको छ भने चिन्ता नलिनुस तपाइलाइ विशेष खवर छ । खवर अनुसार महिना भरीको टेलीफोनको एसटीडी विल, मोवाइलमा रिचार्जको समस्या यस्तैकुराले तपाइलाइ सताएको छ भने अव धन्दा मान्नु पर्दैन ।
    तपाइलाइ थोरै भएपनि राहतको खवर आइपुगेको छ । अधिराज्यभरी एउटै महसुल कायमा गरी एसटीडीकल र लोकल कललाइ एउटै मुल्यमा समायोजन गर्नु पर्ने आवाज उठीरहेको वेला संसदको वतावरण तथा संचार समितिले सरकारलाइ देशभर एउटै टेलीफोन हसुल दर निर्धारण गर्न निर्देशन दिएको छ । सुचना तथा संचारमन्त्री कुष्णवहादुर महराले मुलुकभर टेलीफोनको एउटै दर कायम गरिने वताएको महिना दिन भित्रै संसदीय समितले सरकारलाइ यस्तो निर्देशन दिएको हो । करिव एक महिना अगाडी जिल्ला परिषद गुल्मीको सम्मेलनलाइ उद्घाटन गर्न पुगेका मन्त्री महराले सरकार मुलुकभर एउटै टेलीफोन दर कायमगर्न लागेको वताउनु भएको थियो ।
    आज वातावरण तथा संचारसमितिले सरकारलाइ यस्तो निर्देशन दिएपछि एसटिडी खर्चवाट थोरै भएपनि राहत मिल्ने आशा सर्वसाधारणले लिएका छन । मुलुकभर एउटै दरकायम भए टेलीफोन महसुल मिनेटको एक रुपैया हुनेछ । अहिले दुर संचारको रेट अनुसार लोकल कल मिनेटको एक रुपैया रहेको छ । यो आदेश कार्यान्वयन हुन भने केही समय लाग्ने छ । ढिलामा दशै सम्ममा लागु हुनेमा भने ढुक्क हुनुस है त ।

  • आज नागपन्चमी


    १ भदौ, काठमाण्डौ । आज भदौको पहिलो दिन । वर्षा याम सकिएर हिउद याम शुरु भएको पहिलो दिन । त्यसमाथि नाग पन्चमी । थोडा वहुत कर्मकान्डमा विश्वास भएकाले विहानै घरमा नाग टांसे । टिका लागाएर अनलाइन हाजिर । दिउसो एघार वजे घुमघाममा जानु छ । अव चाडवाड शुरु हुदैछन । लगत्तै जनैपूर्णीमा अनि चेलीवेटीको पर्व तिज शुरु हुदैछ । त्यसपछि १६ श्राद्ध र दशै तिहार आउदैछन । चांड वाडंको शुरुआत हुने भएर होला नाग पन्चीको नेपाली समाजमा विशेष महत्व छ । नाग पन्चमीका अवसरमा अनन्त, वासुकी, शेष, पद्मनाभ, शंखपाल, धृतराष्ट्र, कम्वल, कालीय र तक्षक गरी विभिन्न ९ नागहरुको पुजा गरिन्छ । यसै अवसर पारेर राजधानीको नाग पोखरी नक्सालमा विशेष मेला लागेको छ । आज नागका चित्र विक्री गर्ने तथा खरिद गर्ने हरुको विभिन्न मठ मन्दिरमा चहल पहल देखिएको छ ।

Footer:

The content of this website belongs to a private person, blog.co.uk is not responsible for the content of this website.