दिनभरि होटलमै थुनिएका छन् । बिहान दश बजे काठमाडौ प्रस्थान गर्ने कार्यक्रम तय भएपनि पैसा नतिर्दा सम्म होटलले सामान निकाल्न नदिएपछि बेलुकी झण्डै पाँच बजेसम्म होटलमै बसेका थिए ।
आयोजकले लागेको पैसा काठमाडौ गएर तिर्ने भन्दै निस्कन खोजेका थिए । स्रोतका अनुसार यसअघि कहाँ पैसा तिर्ने भन्ने सहमति नभएपनि आयोजकले आफुहरुलाई बिश्वास गर्न आग्रह गर्दै सबै पैसा काठमाडौ नै गएर तिर्ने बताएका थिए । साँझ पख होटललाई तिर्नुपर्ने पैसा मध्ये झण्डै आधा रकम करीब एक लाख तिरेर उनीहरु निस्कन सफल भएका थिए ।
प्रतियोगिताका आयोजकले प्रयोग गरेका साउन्ड सिस्टमको पनि पैसा तिरेका छैनन् । पैसा तिर्न नसकेपछि दिनभरि प्रतियोगी तथा बिजयीहरु निराश भएर बसेका थिए । काठमाडौबाट ल्याएको रिजर्भ पर्यटक बसले पनि काठमाडौ जानुअगाडिनै पैसा दिनुपर्ने शर्त राखेको थियो ।
र्फकने ब्यबस्था अन्यौलमा परेपछि दिनभर सहभागीहरु होटलको प्रांगणमा रुमल्लिएका थिए । साँझ पख काठमाडौ जानेबेलामा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका प्रतिनिधीले पनि पर्यटक बसमा नेपाली चढेको भन्दै लेखनाथमा झण्डै आधा घण्टा रोकेका थिए ।
कार्यक्रमका फेसन डिजाइनर तथा पत्रकारहरु बसेका रवि होटलमा पनि आयोजकको पैसाको बिषयमा बिबाद परेको थियो । रवि होटलका प्रबन्धक याम केसीका अनुसार शनिबारको बिहान र बेलुकीको खाना खाने शर्तमा कोठाको दर तोकिएको थियो । तर बिना कुनै सुचना तयार पारेको बेलुकीको खाना खान कोही नआएप्छि होटलले त्यसको पनि रकम जोडिदिएको थियो । पछि सहमतिमा पैसा तिरेर गएको केसीले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न भएको कार्यक्रमलाई एभरेष्ट बियरले मुख्य प्रायोजन गरेको थियो । स्रोतका अनुसार यस क्षेत्रको बिज्ञापन र दर्शकको टिकटबाट पनि खर्च जुटाउने अपेक्षा गरेका आयोजकहरु निराश भएका थिए । प्रतियोगिता हर्ेन टिकट काटेर जानेहरुको संख्या दर्ुइ दर्जन पनि पुगेन, एक आयोजक सदस्यले भने ।
ताज पहिर्याए मन्त्रीले
यसपटकको सुन्दरी प्रतियोगितामा प्रशासन र सरकारी पदवालालाई खुशी पार्न आयोजकले अहिले सम्मको परम्परालाई तोडे । यसअघिका सुन्दरी प्रतियोगितामा अघिल्ला बर्षा बिजयीलाई नया उत्तराधिकारीलाई ताज लगाउने गरेको मा यसपटक मन्त्री, सरकारी अधिकारी, सुरक्षा अधिकारीले ताज पहिर्याइदिए । पर्ुव बिजयीहरुले केही गर्न पाएनन् ।
मिस टुरिज्म क्वीनको उपाधि जितेकी कुछाङ मोक्तानलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्री पृथ्वी सुब्बा गुरुङले ताज पहिर्याउनुभएको थियो । यस बाहेक प्रहरी, सेनाका उच्च अधिकारीले पनि बिभिन्न बिधाका बिजयीहरुलाई उपाधि प्रदान गरेका थिए ।
तस्बिर सर्ुदर्शन रञ्जित
प्रत
birgha
ए वावु यसमा क्लिक गर त मिनाको फोटो छ ।