जब श्रृजनाको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो ।
फूलको धारले नै रेट्न थालेपछि
उनको मनको छुरा खस्यो ।
पोको पारेर राखेको ठाउँबाट
आज अचानक कुरा खस्यो ।
सपनाको चखेवा खेलाउँदै थिएँ
विपनाको झ्वाम्म च्याखुरा
खस्यो ।
फुलाउँदा फुलाउँदै मायाको
फूल
बसन्तमै मनको आँकुरा खस्यो ।
भमराहरु झुमुन् भन्थेँ
वरिपरि
मनको चाकामा माकुरा खस्यो ।
राधा, रुक्मिणी र मीराहरु
नसोच्दै
मनमा अचानक मथुरा खस्यो ।
अग्लिदै थिएँ आकासको हिमाल
आफनै मनको टाकुरा खस्यो ।
