


१६ असार, असारे पन्ध्र पनि सकियो । किसानले वरु दही चिउरा खाए हामी पूर्वकिसानले त त्यही पनि पाइएन । गांउतिर भएको भए त दही चिउरा खाइन्थ्यो होला, यहा त त्यो पनि मिलेन । अरु दिन जस्तै अफिस कलेज गरेर दिन वित्यो । शहरमा यसो रमझम गरुन त गुड फराइडेपनि छ, यसो केही चुस्की लगाउन भन्दापनि आफुत चुस्की पनि नलगाउने, गान्धीवादी पूर्णत अहींशक परियो । अं के गर्ने के भन्दा भन्दै दिन वित्यो । आज शनिवारपनि न्यूज अपलोड गर्नै पर्यो अििफस आएर यसो सर्च गरेको घटनाक्रम केही छैनन । प्रचण्ड आनो पहिलो युरोप यात्रामा गए । जिल्लावाट पठाएक साथीहरुका केही न्युज हेरेर अपलोड गरे । आज त पेजमा पनि पुरानै न्युजको वाहुल्यता भयो । खैर । यात्रामा हुनु पर्ने दिन छ । वाइकमा उपत्यका वाहिर जान नसकेपनि चोभरसम्म वा नगरकोट सम्म पुग्न सकेपनि आनन्द आउथ्यो होला । मलाइ काभ्रेको भकुन्डेवेसीको नया वाटोमा वाइक कुदाउनपनि मजा लाग्छ । मदनजी साथ दिन्थे अहिले उनीपनि पोखरा छन । अं साच्ची अघिल्लो पल्ट पोखरावाट साथीहरुसंग पर्वत, वाग्लुङ र म्याग्दीको यात्रा गर्दा भने निकै रमाइलो भएको थियो , वसको छतमा वसेर गइयो । फर्कदा पो पानीले चुटेर वेहाल । जे होस लुम्लेको कफी, पर्वतका युवती र म्याग्दीका सुमतिहरु कम्ती रमाइला थिएनन ।
खैर, ज्यादै दिक्क लागेको छ, लामो काठमण्डौ वसाइमा । अव वाहिर त जानु नै पर्छ । रिफ्रेशमेन्टकालागि उपत्यका छोड्नु नै छ । अं दश दिनजती वाहिर भुल्नु पर्ला । यो पटक गांउतिर साथीहरु त कम छन । सवै वाहिर । मन मिल्दो भाइ विजय उर्फ रुकुम सोल्टी भाग्य अजमाउन वम्वैतिर लागेको छ । यतीवेला त उस्को क्लासपनि शुरु भए होला । अर्को वाल सखा सुरेश मध्य मर्स्यादी तिर छ । नभए देखि वाइकमा तीन जना झुण्डीएर कोटाकोट कफीलाइ र मिर्मी सिपीलाइ आउन वडा आनन्द आउथ्यो ।
आज शनिवारको मजा लिनु छ अरु केही नभएपनि । कीर्तिपुर चौरमा गएर धुंवा उडाएर फर्किनु पर्ला । अं यो फानपनि कस्तो एकछिन शान्त वस्न दिदैन । ए टाढैवाट रहेछ अं
गफ गोप्य है ...................................................
...........................................
हे फोन राखेपछि झन टेन्सन ।
वनै खायो डढेलाले मनै खायो त्यै मोरिको पापी मायाले अंह अंह
आधी रात व्युझुीएर जाउ जाउ लाग्ने.... हत्तेरी फत्तेमान दाइलेपनि झन टेन्सन हुने गीत गांउछन । अर्को सीडी घुसारे अं यो मिठो छ.....उकाली चढ्दा पसिना पुछ्ने.... तिमी नभए अरु को होला । कालजयी गायक अम्वर गुरुङले वरु सान्त्वना दिदैछन...........
-
« आफ्नै सुचना | हाम्रो हिरो को त ? »
वनै खायो डढेलाले...................
@ 30. Jun. 2007. – 10:56:16 am
0 Comments to वनै खायो डढेलाले...................
Related posts
-
छुन छ आकाश लाई
on 03. Jul. 2007. – 09:21:39 am -
जब ..जनाको चुरा खस्यो
on 19. Jun. 2007. – 08:21:40 am
