१६ साउन, काठमाण्डौ । वास्तविक र फिल्मी जीवनमा खासै अन्तर नभएका भारतीय फिल्म उद्योगका नायक सञ्जय दत्त ६ वर्षका लागि जेल जाने भएका छन । कमेडी भुमिकामा विशेष सुहाउने यी नायक वास्तविक जिवनमा टे्रजेडीका पर्याय थिए । उनको जन्म लगक्तै आमा नरि्गसको मृत्यु भएको थियो भने एक छोरी जन्माएपछि उनकी श्रीमति श्रृचा शर्माको मृत्यु भएको हो । केही वर्ष अघिमात्र वावु सुनिल दत्तलाइ गुमाएका यी नायककी एक मात्र सन्तान छोरी अमेरिकामा पढ्दै छिन । छोरीलाइ भेट्न अदालत समक्षा यिनले गरेकै आग्रहलाइ अदालतले स्विकार नगरेपछि यीनि सर्टको वाहुलाले आखा पुच्छदै प्रहरी समक्ष प्रस्तुत भए । गत वर्षो चर्चित हिन्दी फिल्म लगेरहो मुन्नाभाइ’ मा गान्धिवादी आदर्शका लागि जेल पर्ने पात्रको भूमिकामा अभिनय गरेर लोकप्रियता कमाएका सञ्जय दत्त वास्तविक जीवनमा पनि जेलमा रहने छन




सन् १९९३ को बर्म्बई बम विस्फोटको समयमा अवैध हतियार राखेको मुद्दामा सञ्जयलाई मंगलबार टाडा विशेष अदालतले ६ वर्ष लामो जेल सजायको फैसला सुनाएको छ, त्यो पनि सश्रम । उनले गरेको अपराधलाई मामुलीभन्दा ठूलो भन्दै अदालतले सश्रम सजाय सुनाएको हो, जस अनुसार उनले जेलको बगैंचामा पानी हाल्ने काम गर्ने छन् । मुन्नाभाई’ चरित्रमा आधारित रहेको तेस्रो चलचित्र मुन्नाभाई चले अमेरिका’मा अभिनय गरिरहेका संजय अब अमेरिका होइन, जेल हिडेका छन् । अर्थात्- मुन्नाभाई चले जेल । संजय माथि लगाइएको ९ एमएम पेस्तोल र एके ५६ राइफल अवैधरूपमा राखेको र पछि त्यो हतियार १९९३ को बम्बै विष्फोटमा प्रयोग भएको भन्ने अभियोग पुष्टि भएको बताउदै विशेष टाडा अदालतले उनलाई छ बर्षजेल सजाय र २५ हजार नगद जरिवाना पनि गरेको छ । अदालतका न्यायाधिश पि।डी। कोणेले यो फैसला सुनाएका थिए । केही समय अगाडि विष्फोटमा संलग्न भएको भन्ने आरोपबाट भने संजय मुक्त भइसकेका थिए । तर, हतियारको आरोपबाट भने उनी बच्न सकेनन् । विष्फोटपछि १९९३ को अप्रिलमा उनी गिरफ्तार भएका थिए र १६ महिना जेलमा विताएका थिए । अहिलेको सजायमा त्यतीबेलाको जेल सजाय कटौती हुनेछ ।
त्यसबेला मुर्म्बईको हिन्दुवादी पार्टी शवसेनाका प्रमूख बाल ठाकरेको प्रभावमा उनी धरौटीमा मुक्त भएका थिए । त्यसयता उनी हरेक साता
सोमबार अदालतमा उपस्थित हु“दै आएका थिए । अदालतले दत्तको धरौटीमा रिहा हुन पाउ भन्ने अपिलसमेत खारेज गरेको छ । सजाय सुनाइदा संजय अदालतमा उपस्थित थिए र उनलाई अदालतबाटै हिरासतमा लगिएको छ । पछिल्लो समयमा निकै मन्दिर धाउने गरेका संजय फैलसा सुनेर स्तब्ध भएको समाचार संस्थाहरूले जनाएका छन् । संजयका अतिरिक्त उनका अन्य दुइ साथी युसुफ नुलवाला र केसरी अदाजानीयालाई पनि अदालतले दोषी ठहर गरेको छ आइतबारमात्र ४८ औ जन्मदिन मनाएका संजयको पक्षमा अभिनेता दिलिप कुमारलगायतका र्सार्वजनिक व्यक्तित्वले दिएको माफिको आग्रहलाई पनि अदालतले अस्विकार गरेको छ । अदालतको फैसलामा भनिएको छ- हतियार राखेपनि संजयले कुनै अपराध गरेका छैनन् तर अपराध गर्ने मानिसहरूलाई उक्साएका छन् । आत्मरक्षाका लागि हतियार राखिएको भन्ने संजयका वकिलको भनाइलाई पनि अदालतले खारेज गरेको छ । फैसलामा प्रतिबन्धीत हतियार राख्नुलाई कुनै राम्रो काम भन्न सकिदैंन, कानुन सबैका बराबर हो यसैले संजयले उन्मुक्ति पाउ“दैनन् ।’ न्यायधिश कोणेले संजयले दाउदका भाई युनुस अन्सारीस“ग भेटेको र दाउदको पार्टीमा उपस्थित भएको पनि बताए ।
जसका कारण संजयको नियतमाथि गरिएको शंकाले झन् मद्दत पायो । विशेष अदालतको यो फैसला विरुद्ध संजयले उच्च अदालतमा अपिल गर्न सक्ने भएपनि उनले जमानत नपाएपछि अब उनी जेल जाने पक्का भएको छ । सन् १९९२ मा बाबरी मस्जिद भत्काइएपछि त्यसको प्रतिक्रिया स्वरूप मुर्म्बईमा भड्किएको साम्प्रादायिक दङ्गाको समयमा मुर्म्बईमा भएको श्रृखलाबद्ध विष्फोटमा करिब ३ सयले ज्यान गुमाएका थिए । कख्यात अपराधी दाउद इब्राहिमले गराएको भनिएको यो विष्फोटमा संजयको संलग्नता भएको भन्दै उनी पहिलो पटक गिरफ्तार भएका थिए । गत बर्षनि संजयले इब्राहिमको सहयोगीस“ग टेलीफोन वार्ता गरेको रेर्कर्ड र्सार्वजनिक भएको थियो । यस्ता प्रसंग र चलचित्रमा निभाउने अपराधीको भूमिकाका कारण संजय प्राय चर्चामा रहदै आएका छन् र उनलाई खराब छवि भएको हिरो’ मानिन्छ । ९३ मा गिरफ्तार हुनुभन्दा केही दिन अघिमात्र प्रदर्सनमा आएको फिल्म खलनायक’ मा निभाएको चरित्रका कारण उनको छवि अपराधीक बन्न पुगेको थियो । ४८ बर्षो संजयले अपराधका विषयमा केन्द्रित सिनेमावाट सफलता पाएका छन् । प्रसिद्ध अभिनेता सुनिल दत्त र अभिनेत्री नरगिसका पुत्र हुन संजय । अभिनेत्री श्रृचा शर्मास“ग पहिलो विवाह गरेका उनकी एक पुत्री छन्, जो अमेरिकामा बस्दछिन् । पिता सुनिल दत्तले निर्माण गरेको फिल्म रकी’बाट चलचित्रमा प्रवेश गरेका संजयले महेश भट्टको फिल्म नाम’ बाट चर्चा पाएका थिए ।
पहिलो पटक गिरफ्तार हुनुअघि खलनायक’को सफलताले उनलाई सुपरस्टारको हैसियत प्राप्त भएको थियो । १६ महिने जेल जीवनपछि दोस्रो पारीमा पनि उनले थुपै्रर सफल फिल्ममा अभिनय गरे । वास्तव, जोडी नं १, एक और एक ग्यारह जस्ता सफल फिल्ममा अभिनय गरेका संजयले मुन्नाभाई एमबिबिएस’ र लगे रहो मुन्नाभाई’ सबैभन्दा बढी प्रसिद्धी कमाएका थिए । यसको तेस्रो भाग मुन्नाभाई चले अमेरिका’ को सुटिङ्ग भइरहेको समयमा मुन्नाभाईलाई नै सजाय भएपछि यसका साथै अन्य आधा दर्जन फिल्म पनि रोकिने संभावना रहेको छ ।दोस्रो पारीमा संजयले फिल्ममा पहिलोमा भन्दा बढी सफलता पाएका थिए । ४० बर्षो उमेरमा उनले चलचित्र वास्तव’बाट जीवनको पहिलो फिल्मफेयर अवार्ड प्राप्त गरेभने मुन्नाभाईका दुवै फिल्मबाट पनि यो सम्मान प्राप्त गरे । तर, अदालतको एक फैसलाले उनको करियरको भविष्य भने अन्धकारमय हुन पुगेको छ ।
