३१ साउन, काठमाण्डौ । भदौ आउनै लाग्दा विर्घा व्लगका पाठकहरुकालागि विशेष खवर छ । शुरुवातिको आधा वर्षमै गम्भिर पाठकहरु पाउन सफल यो व्लगले अव पाठकको रुचीलाइ ध्यान राख्दै विशेष तरक्की गर्दै छ । छोटो समयमै दैनिक दुइ सय वढि नियमित पाठक, चार सय वढि पेज रिभ्यले मलाइ अत्यन्तै उत्साहित वनाएको छ । त्यो उत्साहमा तपाइहरुले थप्नु भएको प्रोत्साहनले अव विर्घा व्लग नयारुपमा आउन लागेको हो । थोडा वहुत मनोरन्जनको चाहानाले नियमित कामवाट उव्रिएको समय व्लगमा लगाउदा लगाउदै यो त चरम नसा पो वनेको छ । असल पाठक पाउनु हर लेखकको भाग्य हो भनेर कुने सज्जनले भनेका पनि छन । म ती सज्जनलाइ साधुवाद भन्छु । किनकी यति छोटो समयमा मुलुक भित्र मात्र नभएर छिमेकी भारतमा अध्ययनका लागि रहेका भाइहरु, सिंगापुरमा रहेका मित्र सहकर्मीहरु, अष्ट्रेलियामा रहेका लंगौटी दोस्तहरु, अमेरिका पुगेका मित्रहरु, फोटाकोलागि मात्र भएपनि क्लिक गर्ने इन्डोनेसियामा रहेका विदेशी मित्रहरु, फिनल्यान्डको हेलसिन्कीमा रहेका मित्रहरु, नर्वेको चिसोमा रहेका दोस्तहरु, विभन्न मुलुकमा छरिएका मित्रहरुले हौस्याएको भरमा थोडा वहुत रसिक वन्दै फिक्सन लेखियो होला ।
अष्ट्रेलियावाट मित्र भरतले एक कदम वढेर ती स्टोरी मेरा हुन की त्रि्रा मात्रै हुन भनेर नफुर्क्याएको भए संभवत जोस मात्र रहन्थ्यो होला होस हराउथ्यो की । वमे उर्फ अश्विनले ड्रामा हेरन भनेर कमेन्ट नगरेकेा भए त्यसै सेलाउथे होला , नर्वेवाट श्याम जीले तपाइको व्लग हेरेपछि धुंवाको तल तल लाग्छ नभनेको भए म उति सार्हो खुशी हुन्थीइन होला , हेलसिन्कीवाट कुलमणी जी ले झुक्कीएर पनि विदेश नजानुहोला है नभनेको भए म पनि सिड्नीको सडकमा गुमनाम हुन्थे हुला, अमेरिकावाट रामु सरले शत्रुलाइपनि आउन नपरोस यो मुलुक त नभनेको भए अपुरो तयारीमै टफेलको डेट लिन्थे हुला ।
इन्डोनेशियावाट रिसवन्तोले मेरी सहपाठीले तिमीसंग दोस्ती गास्न चाहेकी छ नभनेको भए मेरो नाक घिरौला जत्रो हुन्थेन होला । सिंगापुरवाट कृष्ण पौड्यालले अनुप जी तपाइको लेखाइ मन पर्यो भनेर नफुर्क्याएको भए यति मेहनत गर्दिन थे। हुला । लण्डनवाट सुमन र सरिताले लेख्न नछोड है नभनेको भए पहाड भ्रमण गरेर समय विताइ दिन्थे हुला ।
वम्वेवाट विजु र शुरेसले दाइ योर राइटिङ इज १४३ राइटिङ नभनेको भए धुंवा मै मस्त हुन्थे हुला । जर्मनीवाट इन्दिराले योर राइटिङ इज फेन्टास्टीक भन्न कन्जुस्याइ गरेको भए । लेखाइमा यति रस आउदैनथ्यो होला ।
अमेरिका वाट गिरिस जीले कमेन्ट नलेखेको भए पाठकको यत्रो संख्या थाहापांउदिन थें हुला । दुवइवाट टिकाराम दाइले भाइ घरको याद आयो फोटो अपलोड गरन नभुल है भन्न भुलेको भए मेरो क्यामराले यति वढि कामा पाउदैनथ्यो होला ।
श्वदेशमै पनि काठमाण्डु न्युजलाइनका शरदजी र धुर्वआलेले क्यावात नभनेको भए यो जोस रहन्थेन होला । भिम जीले यति वढि टेक्निकद एसिस्ट नगरेको भए व्लग यो रुपमा आउन मुस्किल थियो । पोखरावाट मित्र विमल दाइले नहौस्याएको भए उतिसारो जांगर रहन्थेन होला । भाइ माधव प्रचार प्रसारमा नजुटेको भए यति वढि पव्लिसिटी पाउथेन होला । भान्जी वनुले उनका सहपाठीलाइ सहभागी नगराएको भए त्यो लेभलका पाठक मेरा लागि अधुरै रहन्थे होलान । पढाइका साथीहरु जसको सहयोग नमिलेको भए यति वढि हिट्स वढ्थेन होला । कलेजका विद्यार्थीहरुले सहयोग नगरेको भए पेज रिभ्यु वढ्न टाइम लाग्थ्यो होला । पाल्पावाट मिनाले दादा इट इज रियल्ली इन्टे्रस्टीङ नभनेको भए दिन दिनै अपडेट हुन्थेन होला । खगेन्द्र जी र राइ जी ले वाह नभनेको भए कता सेलाउथें होला ।
सन्ध्या र सुनिता दिदी वहिनीले यति मिठो रेस्पोन्स नदिएको भए यति विघ्न आशावादी हुन्थिइन होला । कुमार जी ले वेला वेला नझस्काएको भए कतै सुस्ताउथे हुंला । अनि ती तमाम देशी विदेशी मित्रहरु जसको सुभेच्छा विना विर्घा व्लग भन्ने नाम कतै गुमनाममै रहन्थ्यो होला । अनि यी पहाडहरु जसको संगत गर्न नसिकेको भए म सधै वोरिङ हुन्थे हुला । अनि मेरा गुरु अनि सोध सुपरिवेक्षक डा। राजाराम सुवेदी, उंहाले यति वढि विश्वास नगरिदिएको भए विद्धानहरुको संगतवाट वन्चित हुन्थे हुला । धर्म जी जसको मद्दत विना कम्प्युटर लिटरेसी यतिपनि हुन्थेन होला । अनि यो रमाइलो जिन्दगी यो नपाएको भए यायावरी वनेर यी सवै अनुभव पाउंनवाट वन्चित हुन्थे हुला । र अन्त्यमा तपाइहरु सव, जसको मद्दतले विर्घा व्लग थप आकर्षक, विशेष र गज्जवको रुपमा आउने जमर्को गर्दैनथ्यो होला । आजको संझना विर्सना तपांइ सवैकालागि । अव विर्घा व्लग केही दिनमै नंया साज सज्जा, थप पाठ्य सामाग्री र नंया रुप रगंमा आउदै छ ।