२ भदौ, काठमाण्डौ । आज अरु खास खवर नभएपनि तपाइहरुका लागि खुशकिो खवर छ । खवर अनुसार तपाइकी पे्रमिका नेपालगंज र तपांइ काठमाण्डु वा तपाइका वा आमा भोजपुरको ट्याम्के डांडा र तपाइ पोखरामा हुनुहुन्छ र फोनमा कुरा गर्दा एसटीडी चार्जले सताएको छ भने चिन्ता नलिनुस तपाइलाइ विशेष खवर छ । खवर अनुसार महिना भरीको टेलीफोनको एसटीडी विल, मोवाइलमा रिचार्जको समस्या यस्तैकुराले तपाइलाइ सताएको छ भने अव धन्दा मान्नु पर्दैन ।
तपाइलाइ थोरै भएपनि राहतको खवर आइपुगेको छ । अधिराज्यभरी एउटै महसुल कायमा गरी एसटीडीकल र लोकल कललाइ एउटै मुल्यमा समायोजन गर्नु पर्ने आवाज उठीरहेको वेला संसदको वतावरण तथा संचार समितिले सरकारलाइ देशभर एउटै टेलीफोन हसुल दर निर्धारण गर्न निर्देशन दिएको छ । सुचना तथा संचारमन्त्री कुष्णवहादुर महराले मुलुकभर टेलीफोनको एउटै दर कायम गरिने वताएको महिना दिन भित्रै संसदीय समितले सरकारलाइ यस्तो निर्देशन दिएको हो । करिव एक महिना अगाडी जिल्ला परिषद गुल्मीको सम्मेलनलाइ उद्घाटन गर्न पुगेका मन्त्री महराले सरकार मुलुकभर एउटै टेलीफोन दर कायमगर्न लागेको वताउनु भएको थियो ।
आज वातावरण तथा संचारसमितिले सरकारलाइ यस्तो निर्देशन दिएपछि एसटिडी खर्चवाट थोरै भएपनि राहत मिल्ने आशा सर्वसाधारणले लिएका छन । मुलुकभर एउटै दरकायम भए टेलीफोन महसुल मिनेटको एक रुपैया हुनेछ । अहिले दुर संचारको रेट अनुसार लोकल कल मिनेटको एक रुपैया रहेको छ । यो आदेश कार्यान्वयन हुन भने केही समय लाग्ने छ । ढिलामा दशै सम्ममा लागु हुनेमा भने ढुक्क हुनुस है त ।
-
« आज नागपन्चमी | विहानको नगरकोट... »
देशभरीको टेलीफोन महसुल १ रुपैया !
@ 19. Aug. 2007. – 12:06:09 pm
0 Trackbacks to देशभरीको टेलीफोन महसुल १ रुपैया !
Related posts
-
स्वागत छ नंया व्लगमा
on 24. Aug. 2007. – 08:55:35 am -
संध्यामा काठमाण्डौ !
on 23. Aug. 2007. – 07:34:39 am -
वादी महिलाको ववाल
on 22. Aug. 2007. – 10:42:20 am -
वाध्यता की रहर?
on 22. Aug. 2007. – 10:29:04 am -
वन्दका दुश्यहरु
on 22. Aug. 2007. – 07:09:06 am -
मित पहाड
on 21. Aug. 2007. – 10:46:41 am -
पहाड प्रेम
on 21. Aug. 2007. – 09:16:22 am -
विहानको नगरकोट...
on 20. Aug. 2007. – 10:03:13 am -
देशभरीको टेलीफोन महसुल १ रुपैया !
on 19. Aug. 2007. – 12:06:09 pm -
आज नागपन्चमी
on 18. Aug. 2007. – 03:56:31 am
