४ भदौ, काठमाण्डौ । मेरो पहाड मोह थाहा पाएर न्युजिल्यानडमा रहेका मेरा एक विदेशी मित्रले त्यहाको एक गांउको फोटो उपहार पठाइदिएका छन । यो उनको गांउको फोटो हो रे । उनले फोटो पठाए -एक प्रस्तावका साथ । उनको प्रस्तावमा हाम्रो फोटोमा भएका पहाड र उनले पठाएको पहाडलाइ मित लगाउन भनिएको छ । केही वर्ष अघि भएको भए त हाम्रो पहाडले म्लेच्छसंग मित नलगाउने भन्थ्यो होला तर जमाना अहिलेको पर्यो । विदेशको पहाडसंग मित लगाउन पाएकोमा मख्ख पर्ला हाम्रो पहाड । परोस, परोस मख्ख परोस । त्यै भनेर त पहाडलाइ यंहा राखेको छु । यी दुइलाइ मित लगइदिन कसो होला । तंपाइको राय पाउन सके हुन्थ्यो । यो फोटोमा पनि हाम्रा खेतमा जस्तै धान लहलह लहराएको छ । हरीयालीको यो भन्दा उत्कृष्ट नमुना पाउन सकिएला र?